प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्नेछन्। उक्त बैठक आज अपराह्न १ बजे बस्ने तालिका तय गरिएको छ। प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर स्पेनको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएपछि प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको हो।
प्रधानमन्त्री ओली असार २० गते स्वदेश फर्किएका थिए। विदेश भ्रमण अघि र स्वदेश फर्किएपछि प्रधानमन्त्रीले सदनलाई जानकारी दिने परम्परा संसदीय अभ्यासका रूपमा रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस