Like us!
Follow us!
Connect us!
Watch us!

राम नेपाली भूमिमा जन्मिएका हुन्, प्रचार गर्न नडाराऔं :- प्रधानमन्त्री ओली

अर्थ संसार

सोमबार, २३ असार २०८२, १७ : ४१ मा प्रकाशित

राम नेपाली भूमिमा जन्मिएका हुन्, प्रचार गर्न नडाराऔं :- प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम नेपाली भूमिमा जन्मिएको दाबी गर्दै त्यसबारे खुलेर प्रचार गर्न डराउन नहुने बताएका छन्। एमालेको पर्यटन विभागद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उनले ऐतिहासिक र पौराणिक आधारमा रामको जन्मस्थल नेपालमै पर्ने बताएका हुन्।

'राम जन्मिएको भू-भाग नेपालमै पर्छ। सायद त्यहाँ थारु बस्ती थियो होला। अहिले पनि त्यो क्षेत्र नेपालको हो। तर हामी त्यो भन्न सक्दैनौं, प्रचार गर्न सक्दैनौं। को रिसाउँछ भनेर डराउँछौं, अनि सोच्छौं हामी के खाएर बाँच्ने?' प्रधानमन्त्री ओलीले भने।

उनले राम र लक्ष्मणको शिक्षा-दीक्षा समेत नेपाली भूमिमै भएको दाबी गरे। वाल्मिकी रामायणमा उल्लेख भएको कोशी नदी पार गरेर पश्चिमतिर गएको प्रसंग उल्लेख गर्दै ओलीले ती पौराणिक प्रसंगहरू नेपालकै भू-भागमा मेल खाने बताए। 'कोशीबाट सिधा ताकेरै अयोध्या पुगिन्छ ? यो सम्भव छैन। रामायणमा पनि स्पष्ट उल्लेख छ,' उनले भने।

प्रधानमन्त्री ओलीले रामको विवाह पनि नेपालमै भएको उल्लेख गर्दै जनकपुरको प्रसंग जोडेन। 'राम अयोध्याको भए उतै बिहे हुन्थ्यो होला। तर उहाँ यहीँको हुनुहुन्थ्यो, त्यसैले जनकपुर जानु भएको हो,' उनले तर्क गरे। उनले सीता त्रिशुली र कालीगण्डकी मिसिएको क्षेत्रमा समाहित भएको समेत उल्लेख गरे।

त्यति मात्र होइन, प्रधानमन्त्री ओलीले भगवान शिव र ऋषि विश्वामित्र पनि नेपालको भू-भागमै उत्पत्ति भएका दाबीसमेत गरेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको