Like us!
Follow us!
Connect us!
Watch us!

आर्थिक सुधार बाह्य क्षेत्रमा मात्रै सीमित, आन्तरिक क्षेत्र सुस्त — अर्थतन्त्रको वास्तविक अवस्था कस्तो ?

अर्थ संसार

मंगलबार, २४ असार २०८२, १३ : ३८ मा प्रकाशित

आर्थिक सुधार बाह्य क्षेत्रमा मात्रै सीमित, आन्तरिक क्षेत्र सुस्त — अर्थतन्त्रको वास्तविक अवस्था कस्तो ?

नेपालको अर्थतन्त्रमा सुधारका केही संकेत बाह्य क्षेत्रबाट देखिए पनि आन्तरिक क्षेत्रमा भने वृद्धि सुस्त देखिन्छ। रेमिट्यान्स र विदेशी मुद्रा सञ्चितिमा उल्लेखनीय वृद्धि भए तापनि निजी लगानी र उद्योग क्षेत्रमा अपेक्षित गतिमा प्रगति हुन सकेको छैन। यस्तो परिस्थिति आर्थिक समग्र वृद्धिलाई चुनौती दिइरहेको छ।

रेमिट्यान्समा वृद्धि

चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा रेमिट्यान्स आप्रवाह १५.५ प्रतिशतले वृद्धि भई कुल १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। यो वृद्धि गत वर्षको १७.२ प्रतिशतको तुलनामा केही कम भए तापनि ठुलो सुधार हो। मात्र जेठ महिनामा १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ, जुन अघिल्लो वर्षको सोही महिनाको भन्दा उल्लेखनीय रूपमा बढी हो। अमेरिकी डलरमा समेत रेमिट्यान्स १२.७ प्रतिशतले बढेको छ।

विदेशी मुद्रा सञ्चिति २५ खर्ब नाघ्यो

नेपालको विदेशी मुद्रा सञ्चिति चालु आर्थिक वर्षको ११ महिनामा २५ खर्ब ६९ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा २५.९ प्रतिशतले वृद्धि हो। अमेरिकी डलरमा सञ्चिति २२.२ प्रतिशतले बढेर १८ अर्ब ६५ करोड पुगेको छ। राष्ट्र बैंक र वित्तीय संस्थाहरूको सञ्चितिमा पनि उल्लेखनीय वृद्धि देखिएको छ।

मुद्रास्फीति नियन्त्रण

उपभोक्ता मूल्य सूचकांकमा आधारित वार्षिक मुद्रास्फीति २.७२ प्रतिशतमा सीमित भएको छ, जुन अघिल्लो वर्षको ४.१७ प्रतिशतभन्दा कम हो। खाद्य समूहमा मुद्रास्फीति न्यून रहेको छ भने गैर–खाद्य वस्तु र सेवामा केही मूल्य वृद्धि भएको देखिन्छ।

चालु खाता बचतमा वृद्धि

नेपालको चालु खाता बचत ३०७ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा बढेको संकेत हो। वैदेशिक लगानी र पुँजीगत ट्रान्सफरमा समेत वृद्धि भएको छ।

सरकारको ऋण र मौद्रिक क्षेत्रको अवस्था

सरकारको आन्तरिक ऋण ३.४ प्रतिशतले वृद्धि भएको छ भने मौद्रिक क्षेत्रमा सरकारमाथिको ऋण दाबीमा कमी र निजी क्षेत्रमाथिको ऋण दाबीमा वृद्धि भएको छ।

तरलता प्रशोचन

राष्ट्र बैंकले चालु आर्थिक वर्षको ११ महिनामा २१३ खर्ब ४३ अर्ब ५० करोड रुपैयाँ तरलता प्रवाह गरेको छ, जुन अघिल्लो वर्षको भन्दा बढि हो।

पूर्णपाठ

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको