Like us!
Follow us!
Connect us!
Watch us!

सरकार र चिकित्सक संघबीच तीन बुँदे सहमति, आन्दोलन स्थगित

अर्थ संसार

बुधबार, २५ असार २०८२, १० : ४० मा प्रकाशित

सरकार र चिकित्सक संघबीच तीन बुँदे सहमति, आन्दोलन स्थगित

 नेपाल चिकित्सक संघ र नेपाल सरकारबीच मंगलबार साँझ तीन बुँदे सहमति भएपछि चिकित्सकहरूले सुरु गरेको आन्दोलन स्थगित भएको छ। उपभोक्ता अदालतको पछिल्लो फैसलाले नेपाल मेडिकल काउन्सिलको अधिकारमाथि हस्तक्षेप गरेको भन्दै संघको अगुवाइमा देशभरका चिकित्सकहरूले सोमबारदेखि आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्दै आन्दोलन थालेका थिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित वार्तामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसिया र नेपाल चिकित्सक संघका पदाधिकारीहरू सहभागी थिए। छलफलपछि तीन बुँदे सहमति बनेको हो, जसअनुसार आन्दोलन तत्काल स्थगन गरिएको छ।

यस्तो छ तीन बुँदे सहमति 

- कार्यदल गठन:
आन्दोलनरत नेपाल चिकित्सक संघ तथा सरोकारवाला संघसंस्थाहरूका माग सम्बोधनका लागि ७ दिनभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न कार्यदल गठन गरिने।

- कानुनी संशोधन प्रकृया:
कार्यदलको प्रतिवेदन मन्त्रिपरिषद र सरोकारवालासँग छलफल गरी कार्यान्वयन गरिने। उपभोक्ता संरक्षण ऐन, २०७५ लगायतका कानुनहरू संशोधनका लागि ११ दिनभित्र सैद्धान्तिक सहमति लिइने र फास्टट्र्याक प्रक्रियाबाट संशोधन अघि बढाइने।

- आन्दोलन स्थगन:
नेपाल चिकित्सक संघ र सम्बन्धित सबै संघसंस्थाले आजकै मितिबाट सबै किसिमका आन्दोलन स्थगन गरी नियमित सेवा पुनः सुचारु गर्ने।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको