प्रभु इन्स्योरेन्स लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीले आफ्नो २९औं वार्षिक साधारणसभा आउँदो साउन २३ गतेका लागि बोलाएको हो ।
उक्त सभा बिहान ११ बजेदेखि सुरु हुने छ । कम्पनीको असार २४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त दिन काठमाडौंको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा साधारणसभा बस्ने निर्णय गरेको हो । सभाले कम्पनीको सञ्चालक समितिले यसअघि नै निर्णय गरे बमोजिम हाल कायम चुक्ता पुँजीको १८ प्रतिशत बोनस सेयर र ०.९४७४ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ । सभाले प्रस्तावित बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको ४७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि साउन २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । साउन १ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस