नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो संस्थाप सेयरधनीको नाममा रहेको सेयर आम सर्वसाधारणका लागि बिक्रीमा राखेको छ । कम्पनीले आफ्ना ८ जना संस्थापक सेयरधनीहरूको नाममा रहेको ७० हजार १५९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
कम्पनीले यसअघि यी सेयर कम्पनीकै अन्य विद्यमान संस्थापक सेयरधनीका लागि बिक्री खुला गरेकोमा तोकिएको अवधिसम्म सेयर बिक्री नभएपछि सर्वसाधारणका लागि समेत बिक्री खुला गरेको हो । उक्त सेयर खरीद गर्न इच्छुक व्यक्ति वा संगठित संस्थाले अबको १५ दिनभित्र काभ्रेपलाञ्चोकको बनेपा–१० स्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्नु पर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस