Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीति सेयर बजार मैत्री छ–पूर्व अध्यक्ष रानाभाट

अर्थ संसार

शुक्रबार, २७ असार २०८२, १६ : १३ मा प्रकाशित

मौद्रिक नीति सेयर बजार मैत्री छ–पूर्व अध्यक्ष रानाभाट

नेपाल धितोपत्र दलाल संघका पूर्व अध्यक्ष भरत रानाभाट आगामी आर्थिक वर्षको मौद्रिक नीति सेयरबजार मैत्री रहेको बताएका छन् । शुक्रबार सार्वजनिक भएको मौद्रिक नीति पछि अर्थ संसारसँगको कुराकानीमा पूर्व अध्यक्ष रानाभाटले नीति सकारात्मक रहेको बताएका हुन् । 

बजारले अपेक्षा गरे अनुसारको नै नीति आएको बताउँदै रानाभाटले नकारात्मक कुरा केही पनि नरहेको प्रतिक्रिया दिएका हुन् । ‘मौद्रिक नीतिमा नकारात्मक कुरा केही छैन । हामीले चाहेको जस्तो नै छ । सबै कुरा त सम्भव हुँदैन । तर जे जति आएको छ त्यो सकारात्मक नै छ,’ उनले भने ।

बजारका लागि व्यक्तिगत सेयर धितो रोखर लिन पाउने कर्जाको सीमा १५ करोडबाट २५ करोड कायम गर्नु र लघुवित्तको लाभांश वितरणका सम्बन्धमा भएको व्यवस्थामा पुनःविचार गर्ने कुरा सकारात्मक रहेको उनले बताए । ‘सेयर धितो कर्जामा क्याप नराखे पनि हुन्थ्यो भन्ने पनि होला । हामीले बजारलाई मात्रै हेर्छौँ । राष्ट्र बैंकले सबै क्षेत्रलाई हेर्नु पर्ने हुन्छ,’ उनले भने । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको