सिद्धार्थ बैंक लिमिटेडले ‘एसबीएल डिबेञ्चर २०९१’ मा आवेदन खुलेको छ । बैंकले आजदेखि १० वर्षे अवधि र वार्षिक ७.२५ प्रतिशत ब्याजदर भएको ‘एसबीएल डिबेञ्चर २०९१’ बिक्रीमा ल्याएको हो ।
यसअन्तर्गत बैंकले प्रतिडिबेञ्चर १ हजार रुपैयाँका दरले २५ लाख कित्ता डिबेञ्चर निष्कासन गर्नेछ । जसमध्ये १५ लाख कित्ता व्यक्तिगत तवरबाट निष्कासन गर्नेछ । यसरी बाँकी १० लाख कित्तामध्ये ५० हजार कित्ता सामूहिक लगानी कोषलाई समेत गरी ९ लाख ५० हजार कित्ता सर्वसाधारणलाई निष्कासन गरेको हो । यसमा घटीमा २५ कित्ता र बढीमा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिन्छ ।
निष्कासन बन्द छिटोमा असार ३२ गते हुनेछ तर सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा साउन ११ गतेसम्म आवेदन अवधि लम्बिनेछ । यसमा बालुवाटारस्थित बिक्री प्रबन्धक समेत रहेको एनएमबि क्यापिटल लिमिटेड, सिद्धार्थ बैंकको नक्सालस्थित केन्द्रीय कार्यालयका साथै बोर्डबाट सी–आस्बा सदस्य सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालय र मेरो शेयर अनलाईनबाट पनि आवेदन दिन सकिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस