Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीति पछि सेयर बजारमा उछाल, कारोबार रकम ११ अर्ब माथि

अर्थ संसार

आइतबार, २९ असार २०८२, १५ : ०४ मा प्रकाशित

मौद्रिक नीति पछि सेयर बजारमा उछाल, कारोबार रकम ११ अर्ब माथि

साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार नेप्से परिसूचक उच्च अंकले बढेको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भए पछिको पहिलो कारोबार दिनमा नेप्से परिसूचक २९ अंकले बढेको हो । 

आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २७६० दशमलव ८० विन्दुमा पुगेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव १६ अंकले बढेर ४८१ दशमलव १९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य बढेको छ भने ६ वटाको सेयर मूल्य घटेको छ । 

आज सेयर बजारमा १५८ कम्पनीको सेयर मूल्य बढेको छ भने ९० कम्पनीको सेयर मूल्य घटेको छ । परिसूचकसँगै आज कारोबार रकममा पनि वृद्धि भएको छ । आज सेयर बजारमा ११ अर्ब भन्दा माथिको कारोबार भएको छ । आज ३११ कम्पनीका ३ करोड २५ लाख ९२ हजार ३० कित्ता सेयर १ लाख ५ हजार ४१५ पटक खरिद बिक्री हुँदा ११ अर्ब ४१ करोड ६४ लाख २८ हजार ४६७ रुपैयाँ बराबरको कारोबार भएको छ । 

आइतबारको सेयर कारोबार बन्द हुँदा दुई कम्पनीमा सकारात्मक सर्किट लागेको छ । आज एनआईसी एशिया बैंक र खानीखोला हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको