सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामीमार्फत बिक्रीमा राखिएको २ लाख कित्ता बढी अवितरित हकप्रद सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको उक्त हकप्रद सेयरमा आज कार्यालय समयभित्र आवेदन दिन सकिने छ ।
कम्पनीले गत वैशाख ३० गतेदेखि असार ३ गतेसम्म १ः०.२७ अनुपातमा निष्काशन गरेको हकप्रदमा आवेदन नपरेको २ लाख २४ हजार ७२८ कित्ता सेयर असार २३ गतेदेखि लिलामीमातर्फ बिक्रीमा राखेको थियो । उक्त सेयर जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले खरिद गर्न सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस