Like us!
Follow us!
Connect us!
Watch us!

१६ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै सानिमा रिलायन्स लाइफ

अर्थ संसार

सोमबार, ३० असार २०८२, १२ : १८ मा प्रकाशित

१६ लाख कित्ता संस्थापक सेयर बिक्री गर्दै सानिमा रिलायन्स लाइफ

सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले १६ लाख भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १६ लाख ४७ हजार ५८४ कित्ता सेयर आजदेखि बिक्रीमा राखेको हो ।

संस्थापक सेयरधनीहरुले बिक्रीमा लागि निवेदन दिएकोमा कम्पनीको सञ्चालक समितिको असार १३ गते बसेको बैठकको निर्णयबमोजिम उक्त सेयर बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ । यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।

यसर्थ संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवेदन दिनुपर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको