अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको रूपमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उनले मंगलबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष शपथ लिएका हुन्।
प्राधिकरणका अध्यक्ष शरद ओझामाथि उजुरी परेपछि मन्त्रिपरिषद्ले बीमा ऐन २०७९ को दफा १२ को उपदफा २ बमोजिम छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो।
उक्त निर्णयअनुसार उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति बनाइएको हो। छानबिन समिति गठनसँगै अध्यक्ष ओझा स्वतः निलम्बन भएका छन्। समितिका अध्यक्ष गिरीसहित सदस्यद्वय जीवनप्रकाश सिटौला र कपिलदेव ओलीले मंगलबार आफ्नो नियुक्तिको पत्र ग्रहण गरेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस