Like us!
Follow us!
Connect us!
Watch us!

सेबोनको नयाँ निर्देशिका आज देखि लागू

अर्थ संसार

विहीबार, ०१ साउन २०८२, ०७ : ३० मा प्रकाशित

सेबोनको नयाँ निर्देशिका आज देखि लागू

नेपाल धितोपत्र बोर्ड (सेबोन) द्वारा जारी गरिएको "आईपीओ निष्काशन तथा बाँडफाँटसम्बन्धी नवौं संशोधित निर्देशिका २०८२" आजदेखि औपचारिक रूपमा कार्यान्वयनमा आएको छ।

नयाँ निर्देशिका अनुसार, अब विदेशमा रोजगारमा रहेका नेपालीहरूलाई प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिनका लागि न्यूनतम चार कार्यदिने समय तोकिएको छ। यदि सो अवधिमा पनि सबै सेयर बिक्री नभएमा, आवेदन दिने समय खुला भएको मितिले १५ दिनसम्म कायम रहने व्यवस्था गरिएको छ।

यसका साथै, बैंक तथा वित्तीय संस्थाहरूलाई अविमोच्य असंचिति अग्राधिकार शेयर निष्काशन गर्ने सुविधा पनि प्रदान गरिएको छ – जसले वित्तीय संस्थालाई पूँजी संरचना सुदृढ गर्न थप विकल्प खुला गरेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको