आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २ अंक भन्दा बढीले बढेर कारोबार भएको छ । साताको सेयर कारोबार हुने अन्तिम दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक २ दशमलव ६२ अंकले बढेर २७९७ दशमलव ४१ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ०६ अंकले बढेर ४९० दशमलव ३३ विन्दुमा पुगेको छ । आजको उक्त सेसनमा २६ कम्पनीको सेयर मूल्य बढेको छ भने २१ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै एउटा कम्पनीको सेयर मूल्य भने यो सेसनमा स्थिर रहेको छ ।
आजको प्रि ओपन सेसनमा ५८ कम्पनीका २२ हजार ६६७ कित्ता सेयर ८२ पटक खरिद बिक्री हुँदा १ करोड २४ लाख ४० हजार ३४१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस