बिहीबारको सेयर कारोबार जारी रहँदा थ्रि स्टार हाइड्रोपावरको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ७३ रुपैयाँ १० पैसाले बढेर ८०४ रुपैयाँ ८० पैसा पुगेको हो ।
यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले बढी हो । आजको कारोबार जारी रहँदा आज मात्रै दोस्रो बजारमा कारोबारमा आएको ट्रेड टावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो ।
यो अवस्थामा समग्र सेयर बजार परिसूचक ४२ दशमलव ९४ अंकले बढेर २८३७ दशमलव ७४ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.५३ प्रतिशतले धेरै हो । यो अवस्थामा सेयर बजारमा २ अर्ब माथिको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस