Like us!
Follow us!
Connect us!
Watch us!

२९०० माथि पुगेर फर्कियो नेप्से, ११ महिना यताकै उच्च कारोबार

अर्थ संसार

आइतबार, ०४ साउन २०८२, १५ : २५ मा प्रकाशित

२९०० माथि पुगेर फर्कियो नेप्से, ११ महिना यताकै उच्च कारोबार

गत साता उच्च अंकले बढेको सेयर बजार यो साताको पहिलो दिन सामान्य अंकले बढेर कारोबार भएको छ । गत साता ५ प्रतिशतले वृद्धि भएको सेयर बजार आज ० दशमलव ३२ अंकले बढेर २८७० दशमलव ९५ विन्दुमा पुगेको हो । आज नेप्से परिसूचक २९०० विन्दु माथि पुगेर फर्केको हो । दिनको कारोबार सममा नेप्से परिसूचक २९२२ विन्दुसम्म पुगेको थियो । 

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने २ दशमलव ४६ अंकले घटेर ४९८ दशमलव ०३ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ वटा उपसूचकमध्ये ८ वटा उपसूचकको सेयर मूल्य घटेको छ भने ५ वटाको बढेको छ । आज सेयर बजारमा १०५ कम्पनीको सेयर मूल्य बढेको छ भने १४४ कम्पनीको सेयर मूल्य घटेको छ । 

परिसूचक घटेको दिन कारोबार रकममा भने उल्लेख्य सुधार देखिएको छ । गत बिहीबार सेयर बजारमा १६ अर्ब माथिको कारोबार भएको बजारमा आज २१ अर्ब भन्दा माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३१६ कम्पनीका ५ करोड १६ लाख ५८ हजार ३८५ कित्ता सेयर १ लाख ७८ हजार १७६ पटक खरिद बिक्री हुँदा २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार १३३ रुपैयाँ बराबरको कारोबार भएको छ । यो ११ महिना यताकै उच्च कारोबार हो । गत वर्षको भदौ २ गते सेयर बजारमा २१ अर्ब ३१ करोेड ३४ लाख ८९ हजार २६९ रुपैयाँको कारोबार भएको थियो । 

नेपालको सेयर बजारमा हालसम्मकै उच्च कारोबार २०८१ साल साउन ३१ गते भएको थियो । त्यो दिन सेयर बजारमा २९ अर्ब ९५ करोड माथिको कारोबार भएको थियो ।  आज सेयर बजारमा ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज उन्नति सहकार्य लघुवित्त, सान्भी इनर्जी, ट्रेडटावर, शिव श्री हाइड्रोपावर र विन्दाबासिनि हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको