Like us!
Follow us!
Connect us!
Watch us!

प्रि ओपन सेसनमा ३ अंकले बढ्यो नेप्से, १ करोड माथिको कारोबार

अर्थ संसार

सोमबार, ०५ साउन २०८२, १० : ५७ मा प्रकाशित

प्रि ओपन सेसनमा ३ अंकले बढ्यो नेप्से, १ करोड माथिको कारोबार

सोमबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ अंकले बढेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ३ दशमलव ३३ अंकले बढेर कारोबार भएको हो । 

आजको प्रि ओपन सेसन पछि नेप्से परिसूचक २८७४ दशमलव २९ विन्दुमा पुगेको छ । आजको उक्त सेसनमा ३५ कम्पनीको सेयर मूल्य बढेको छ भने २८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ३९ अंकले बढेर ४९८ दशमलव ४२ विन्दुमा पुगेको छ । 

आजको उक्त सेसनमा १ करोड माथिको कारोबार भएको छ । आज ६५ कम्पनीका १४ हजार ५०३ कित्ता सेयर १३३ पटक खरिद बिक्री हुँदा १ करोड १६ लाख ६५ हजार ६४४ रुपैयाँ ८० पैसाको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको