Like us!
Follow us!
Connect us!
Watch us!

बीमा प्राधिकरणकी संचालक राधा पोखरेलले दिइन् राजीनामा

अर्थ संसार

बुधबार, ०७ साउन २०८२, १० : ३१ मा प्रकाशित

बीमा प्राधिकरणकी संचालक राधा पोखरेलले दिइन् राजीनामा

नेपाल बीमा प्राधिकरणकी महिला संचालक राधा पोखरेलले आफ्नो पदबाट राजीनामा दिएकी छन्। अर्थसंसारसँग कुराकानी गर्दै उनले सोमबार राजीनामा दिएको बताएकी छिन् । पोखरेलले व्यक्तिगत कारण राजीनामा दिएको स्पष्ट पारेकी छिन्।

उनको नियुक्ति शुरुदेखि नै विवादास्पद रहँदै आएको थियो। बीमा नियमावलीको विरोधमा भएको भन्दै राजनीतिक पहुँचको भरमा गरिएको नियुक्तिका कारण चौतर्फी आलोचना भएको थियो।

अर्थमन्त्रीको निर्णयअनुसार पोखरेललाई गत चैत १ गतेदेखि चार वर्षको कार्यकालका लागि संचालक पदमा नियुक्त गरिएको थियो। तर, नियुक्तिपछि जम्मा पाँच महिनामै उनले पदत्याग गरेकी हुन्।



 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको