नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारको प्रमुख संस्था नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचना गर्दै निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्ने घोषणा गरेको छ। बोर्डले चालु आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा, निजी क्षेत्रको सहभागितामार्फत नेप्सेको पुँजी वृद्धि गर्ने र संस्थागत सुधार गर्ने उल्लेख गरिएको छ।
त्यस्तै, धितोपत्रको सुरक्षित डिपोजिटरी सेवा प्रदान गर्दै आएको सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) लाई पनि निजी क्षेत्रको सेयर सहभागितामार्फत पुनर्संरचना गरिने बोर्डको योजना रहेको छ।
यो पहलमार्फत सेबोनले पूँजी बजारलाई थप प्रतिस्पर्धी, पारदर्शी र दिगो बनाउने लक्ष्य लिएको स्पष्ट पारेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस