Like us!
Follow us!
Connect us!
Watch us!

किन दुई थरि मूल्यमा कारोबार भयो लुम्बिनी विकास बैंकको सेयर ?

अर्थ संसार

विहीबार, ०८ साउन २०८२, १४ : २९ मा प्रकाशित

किन दुई थरि मूल्यमा कारोबार भयो लुम्बिनी विकास बैंकको सेयर ?

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको लुम्बिनी विकास बैंकको सेयर मूल्य बजारमा आज दुई थरिको देखिएको छ । नियमित कारोबारमा एउटा मूल्यमा कारोबार भइरहेको छ भने ठूलो कित्ताको कारोबार नियमित कारोबार भन्दा कम मूल्यमा भइरहेको हो । 

दिउँसो सवा २ बजेको कारोबार जारी रहँदा यो बैंकको सेयर मूल्य ५७१ रुपैयाँ ९० पैसामा कारोबार भइरहेको छ । तर, फ्लोरसिटमा भने यो कम्पनीको सेयर मूल्य २८७ रुपैयाँ ४५ पैसामा कारोबार भइरहेको देखिन्छ । फ्लोरसिटमा लाखौँको सेयर ट्रान्जेक्सन भएको छ । फ्लोरसिट यो कम्पनीको ५ वटा ट्रान्जेक्सनमा ५ लाख कित्ता सेयर खरिद बिक्री भएको छ । नेप्सेले भने यो नियमित सिस्टम भन्दा पनि अन्य माध्यमबाट आएको सेयर भएकाले पहिले नै मूल्य निर्धारण भएर आउने भएकाल सोही अनुसारको मूल्यमा कारोबार भएको देखिएको बताएको छ । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले नामसारी गर्नका लागि पहिले नै मूल्य निर्धारण भएका र अदालति आदेशबाट आएको सेयरलाई नेप्सेको सिस्टमा रेकर्ड मात्रै गरिएको उनले बताए । 

‘मुद्धामामिला, नामसारी, सेयर जफतबाट आएको सेयरमा पहिले नै मूल्य निर्धारीत हुने भएकाले सोही अनुसार सिस्टममा देखिएको हो,’ प्रवक्ता पराजुलीले भने । लुम्बिनी विकास बैंकको मात्रै भन्दा पनि यस्ता केशमा अरु कम्पनीको पनि यस्तो कारोबार हुन सक्ने उनले जानकारी दिए । नेप्सेको सिस्टममा नर्मल बाइ अडर र सेल अडर राखेर गरिएको कारोबार नभएको उनको भनाइ छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको