प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने छ।
बैठकमा राष्ट्रपति कार्यालयबाट ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ फिर्ता भएको औपचारिक जानकारी गराइने अपेक्षा छ। यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावना र मर्म एवम् विश्वव्यापी लोकतान्त्रिक अभ्यासलाई प्रतिकूल हुने भन्दै सो विधेयक पुनर्विचारका लागि साउन ८ गते फिर्ता गरेका थिए।
त्यसैगरी, आजको बैठकमा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको ३२ औं वार्षिक प्रतिवेदन, २०८२’ मा उल्लिखित सुझावहरू आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४१ को उपदफा २ अनुसार स्वीकृत गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस