प्रतिनिधिसभा सदस्य असिम शाहले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीसम्बन्धी फाइलको अवस्थाबारे संसदमा प्रश्न उठाएका छन्।
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै शाहले भिजिट भिसा प्रकरणलगायतका भ्रष्टाचारका मुद्दामा तत्काल छानबिन गर्न माग गरे। उनले सभामुखलाई सम्बोधन गर्दै भने,‘ सभामुख महोदय भिजिट भिसाको नाममा मानव तस्करीको फाइल कहाँ पुग्यो भनेर म गृहमन्त्री ज्युलाई सोध्न चाहन्छु ? जनताले भिजिट भिसा प्रकरण बिर्सन्छन् भनेर गल्ती नगर्नुहोला, बिर्सने छैनन्, हामी कुनै पनि हालतमा बिर्सन दिँदैनौ’।
उनले थपे,’ यो कस्तो नयाँ परम्परा हो ? भ्रष्ट्राचारको अडियो बाहिरियो, घुस मागेको प्रमाण खुल्यो , राजीनामा दिएपछि सबै पाप पखालियो ?। राजीनामा भनेको त भ्रष्ट्राचारको अपराधबाट मुक्ति पाउने गङ्गा स्नान पो भएछ।’
उनले पूर्वमन्त्री राजकुमार गुप्ताको राजीनामा लगत्तै सो प्रकरणको अनुसन्धान फाइल बन्द गरिएको आरोप लगाए। साथै, उक्त अडिओमा नाम सुनिएका अन्य मन्त्री र पूर्वमन्त्रीहरूलाई अदृश्य शक्तिले जोगाएको उनको दाबी छ। शाहले उक्त भ्रष्ट्राचार प्रकरणको निष्पक्ष छानबिन अपरिहार्य रहेको उल्लेख गर्दै दोषी जो भए पनि कारबाहीको दायरामा ल्याउन संसद र सरकारलाई आग्रह गरे।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस