Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषको नाफा १ अर्ब माथि, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

आइतबार, २५ साउन २०८२, १० : ५३ मा प्रकाशित

नागरिक लगानी कोषको नाफा १ अर्ब माथि, प्रतिसेयर आम्दानी कति ?

नागरिक लगानी कोषको नाफा १ अर्ब भन्दा माथि पुगेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा १ अर्ब २५ करोड रुपैयाँ पुगेको हो । 

कोषले गत आर्थिक वर्षमा कमाएको नाफा १३.७१ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा कोषले १ अर्ब १० करोड रुपैयाँ नाफा कमाएको थियो । वित्तीय विवरण अनुसार कोषको आम्दानी बढेको र खर्च घटेका कारण खुद नाफा बढ्न पुगेको हो । 

समीक्षा अवधिमा कोषको ब्याज आम्दानी २३.७५ प्रतिशत घटेको छ भने सेवा तथा कमिशन आम्दानी १७.१७ प्रतिशत बढेको छ । त्यस्तै, कोषको कुल आमदानी ८.९६ प्रतिशत बढेको छ भने खर्च ६.७७ प्रतिशत घटेको छ । नाफा बढेपनि कोषको प्रतिसेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा कोषको यस्तो आम्दानी १ रुपैयाँ ४१ पैसा घटेर १९ रुपैयाँ ३४ पैसामा सीमित भएको छ ।

चौथो त्रैमासको अन्त्यसम्ममा कोषको मूल्य आम्दानी अनुपात १०२.१५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ २३ पैसा रहेको छ । ६ अर्ब ४८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कोषको जगेडा कोषमा २० अर्ब ११ करोड रुपैयाँ सञ्चित छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको