Like us!
Follow us!
Connect us!
Watch us!

१२१ प्रतिशतले बढ्यो ग्लोबल आइएमई लघुवित्तको नाफा, १७ करोडमाथिको लाभांश क्षमता

अर्थ संसार

आइतबार, २५ साउन २०८२, ११ : १४ मा प्रकाशित

१२१ प्रतिशतले बढ्यो ग्लोबल आइएमई लघुवित्तको नाफा, १७ करोडमाथिको लाभांश क्षमता

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेख्य सुधार भएको छ । लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा दोब्बरले वृद्धि भएको हो । 

वित्तीय विवरण अनुसार गत आवमा यो कम्पनीले २३ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा १२१.९१ प्रतिशतले धेरै हो । लघुवित्तले अघिल्लो आर्थिक वर्षमा १० कराड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी पनि ६३ करोड १४ लाख रुपैयाँबाट बढेर ७५ करोड ९७ लाख रुपैयाँ पुगेको छ भने कुल सञ्चालन आम्दानी ७० करोड ४४ लाख रुपैयाँबाट बढेर ८४ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।

वित्तीय विवरण अनुसार लघुवित्तको सञ्चालन नाफा अघिल्लो वर्ष १८ करोड ३८ लाख रुपैयाँ रहेकोमा गत वर्ष ८३.८५ प्रतिशतले बढेर ३३ करोड ७९ लाख रुपैयाँ पुगेको छ । यससँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि १७.१६ रुपैयाँबाट दोब्बरभन्दा धेरैले बढेर ३८.११ रुपैयाँ कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २१५.३५ रुपैयाँ छ भने वितरणयोग्य नाफा (लाभांश क्षमता) १७ करोड १७ लाख रुपैयाँ रहेको छ ।

६१ करोड ८९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ७१ करोड ३९ लाख रुपैयाँ रहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको