नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा गिरावट देखिएको छ । लघुवित्तको खराब कर्जा बढेपछि समग्रमा नाफा १५.८७ प्रतिशतले घटेको हो ।
कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार २५ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीको यस्तो नाफा अघिल्लो आवको अन्तिमसम्ममा ३० करोड १९ लाख रुपैयाँ रहेको थियो । वित्तीय विवरण अनुसार अघिल्लो वर्ष कम्पनीको खराब कर्जा १०.४१ प्रतिशत रहेकोमा गत वर्ष झनै बढेर ११.३२ प्रतिशत पुगेको छ। यसरी खराब कर्जा चुलिएपछि कम्पनीको नाफा घट्न पुगेको हो ।
अघिल्लो वर्ष कम्पनीले ३९ करोड ७५ लाख रुपैयाँ सञ्चालन नाफा कमाएकोमा गत वर्ष घटेर ३६ करोड ३९ लाख रुपैयाँमा झरेको वित्तीय प्रतिवेदनले देखाएको छ । यद्यपि कम्पनीको खुद ब्याज आम्दानी ९ करोड ११ लाख रुपैयाँबाट बढेर १४ करोड ३४ लाख रुपैयाँ र कुल सञ्चालन आम्दानी ११ करोड ५८ लाख रुपैयाँबाट बढेर १६ करोड ६१ लाख रुपैयाँ पुगेको छ ।
यता कम्पनीको प्रतिसेयर आम्दानी अघिल्लो वर्ष ३१.६५ रुपैयाँ रहेकोमा गत वर्ष घटेर १८.१७ रुपैयाँमा झरेको छ भने प्रतिसेयर नेटवर्थ २०६.७७ रुपैयाँ कायम भएको छ । १ अर्ब ३९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १३ करोड ३९ लाख रुपैयाँ र रिजर्भमा १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । कम्पनीले १० अर्ब ८५ करोड रुपैयाँ सापटी लिएर २० अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह गरी ६ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस