घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको नोक्सानी घटेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नोक्सानी घटेको हो ।
कम्पनीले गत आर्थिक वर्षको अन्तमसम्ममा ६६ करोड रुपैयाँ नोक्सानी व्यहोरेको छ । अघिल्लो आर्थिक वर्षको अन्तिमसम्ममा कम्पनीको नोक्सानी १ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षमा कम्पनीको बिक्री आम्दानी १२.७९ प्रतिशत बढेर ५ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । त्यस्तै कम्पनीको कुल नाफा २३२.५४ प्रतिशत बढेको छ । कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा १७.१० प्रतिशत बढेर ८९ करोड २० लाख रुपैयाँ पुगेको छ ।
४ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब ४ करोड रुपैयाँ सञ्चित छ । गत असार मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ४६ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १८८ रुपैयाँ ४७ पैसा रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस