Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली राजनितीमा विकृति मौलाउदै गएको छ : उपसभापति गुरुङ

अर्थ संसार

शुक्रबार, ३० साउन २०८२, १५ : २२ मा प्रकाशित

नेपाली राजनितीमा विकृति मौलाउदै गएको छ : उपसभापति गुरुङ

नेपाली काङ्ग्रेसका उपसभापति,पुर्व मन्त्री धनराज गुरुङले नेपाली राजनीतिमा विकृति मौलाएको बताएका छन् । 

नेपाली काङ्ग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा आयोजित नेपाल राष्ट्रिय मगर संघको तेस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पुर्व मन्त्री गुरुङले पछिल्लो समय राजनीतिमा मौलाउदै गएको विकृति सबै मिलेर चिर्नुपर्ने बताए । महाधिवेशनलाई सम्बोधन गर्दै उनले नेपालका हरेक परिवर्तनमा सबै जातजाति समुदायको ठुलो योगदानले मात्रै परिवर्तन सम्भव भएको उल्लेख गर्दै अधिकार मागेर नपाइने बताए।

अब देशको मुख्य नेतृत्वमा मगर लगायतका जनजातीहरुले दावी गर्न ढिला गर्न नहुने भन्दै त्यसको लागि संगठन बिस्तारमा लाग्न सबैलाई आग्रह गरे । उनले भने , 'जनजातीहरुलाई सोझो जाती भनेर मख्ख पारेको छ, त्यहीँ मख्खमा पर्दा नेतृत्वमा पुग्न सकेनन् ,अधिकार मागेर पाइने होइन खोसेर लिनुपर्छ ।'

इतिहासलाई एक पटक फर्केर हेर्ने र भविष्यको बाटो कोर्न तयार भएर अगाडि बढ्नुपर्ने बताउदै पार्टी भित्र अथवा पार्टी बाहिर अवसर त्यतिकै प्राप्त नहुने बताए । हिजो अवसर पाउनेहरुले पनि योगदानका आधारमा अवसर प्राप्त गरेको र भोलि पनि योगदानकै आधारमा अवसर प्राप्त हुने भन्दै सबैलाई योगदान गर्न आग्रह गरे ।

जनजाति तर्फ लक्षित गर्दै उहाँले बन्दुक चलाउने हातले कलम चलाउन नजान्दा पछाडि परेको हुनसक्ने उल्लेख गर्दै सबैलाई चनाखो हुन आग्रह समेत गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको