Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले संशोधन गर्यो 'लङ फर्म अडिट निर्देशिका' को ढाँचा - बैंकहरुको लेखापरिक्षण प्रतिवेदनको ढाँचा नै परिवर्तन गनुपर्ने

अर्थ संसार

मंगलबार, ०३ भदौ २०८२, १० : १२ मा प्रकाशित

राष्ट्र बैंकले संशोधन गर्यो 'लङ फर्म अडिट निर्देशिका' को ढाँचा - बैंकहरुको लेखापरिक्षण प्रतिवेदनको ढाँचा नै परिवर्तन गनुपर्ने

नेपाल राष्ट्र बैंकले बैंकहरूको ‘लङ फर्म अडिट रिपोर्ट’ निर्देशिका संशोधन गरेको छ। राष्ट्र बैंकले हाल सञ्चालनमा रहेका बैंकहरूलाई परिपत्र जारी गर्दै एकीकृत निर्देशन संशोधनमार्फत लङ फर्म अडिट रिपोर्टको संरचना परिमार्जन गरेको हो।

संशोधित निर्देशिका अनुसार, बैंकहरूले लेखापरीक्षण प्रतिवेदनको ढाँचा नै परिवर्तन गर्नुपर्नेछ। अबदेखि बैंकहरुले तयार पार्दै आएको रिर्पोट भन्दा फरक ढाँचामा, अर्थात राष्ट्र बैंकको निर्देशिका अनुसार प्रतिवेदन तयार पार्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।

नयाँ निर्देशिकामा बैंकहरूले आईटी तथा साइबर सुरक्षासम्बन्धी जोखिमबारे समेत आफ्नो लेखापरीक्षण प्रतिवेदनमा राय दिनुपर्ने प्रावधान समावेश गरिएको छ। त्यस्तै, आन्तरिक नियन्त्रण प्रणालीका विभिन्न पक्ष—जसमा कम्प्लायन्स फंक्शन, राष्ट्र बैंकको अनुगमन प्रतिवेदन तथा डिजिटल बैंकिङसम्बन्धी अवस्था—बारे समेत राय समावेश गर्नुपर्नेछ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको