Like us!
Follow us!
Connect us!
Watch us!

प्रचण्डले सामाजिक सञ्जाल रोकप्रति आपत्ति, भ्रष्टाचारविरुद्ध आन्दोलन जारी रहने घोषणा

अर्थ संसार

सोमबार, २३ भदौ २०८२, ०८ : ०६ मा प्रकाशित

प्रचण्डले सामाजिक सञ्जाल रोकप्रति आपत्ति, भ्रष्टाचारविरुद्ध आन्दोलन जारी रहने घोषणा

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सामाजिक सञ्जालमा लगाएको रोकलाई गलत निर्णय बताएका छन्।

फेसबुकमार्फत् सार्वजनिक अभिव्यक्ति दिँदै उनले, “सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको कदम गलत छ। सरकारले गरिरहेको भ्रष्टाचार र सामाजिक सञ्जाल अबरोधका विरुद्ध युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक छ,” भनेर सरकारको कदममाथि तीव्र आलोचना गरेका छन्।

उनले प्रदर्शनलाई नियन्त्रण गर्न सरकारले बल प्रयोग गर्ने प्रयास नगरोस् भनेर चेतावनीसमेत दिएका छन्। दाहालले भनेका छन्, “प्रदर्शनमाथि सरकारले बल प्रयोग गर्ने धृष्टता नगरोस। भ्रष्टाचारका विरुद्ध हाम्रो आन्दोलन जारी रहेको कुरा स्पष्ट छ।”

सरकारले सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने निर्णयपछि युवाहरू विरोधमा सडकमा उत्रिन तयारी गरिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको यस्तो टिप्पणी आएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको