नयाँ पुस्ताका युवा (जेनजी)हरुले कर्फ्यु आदेश अवज्ञा गर्दै आज पनि बिहानैदेखि प्रदर्शन सुरु गरेका छन् । उनीहरु नयाँबानेश्वरको संसद भवन अगाडि भेला भएर प्रदर्शन गरेका हुन् ।
सोमबार १९ जना युवाको ज्यान गएपछि आक्रोशमा रहेका उनीहरुका साथी र आफ्न्तहरुले सरकारको विरोध गर्दै प्रदर्शन गरिरहेका छन् । बानेश्वरको संसद भवन अगाडि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली खटाइएको छ ।
हिजो संसद भवनभित्रै प्रवेश गरेर केही युवाहरुले तोडफोड गरेका थिए । आज भने संसद भवन परिसरभित्रै सेना हतियारसहित बसिरहेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज बिहान साढे आठ बजेदेखि अनिश्चितकालका लागि चक्रपथ क्षेत्रभित्र प्रदर्शन, जुलुश, भेला केही पनि गर्न नपाउने गरी कर्फ्यु लगाएको छ । तर प्रदर्शनमा सहभागीहरुले त्यसलाई अवज्ञा गरिरहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस