Like us!
Follow us!
Connect us!
Watch us!

जेनजी आन्दोलन चर्किँदै जाँदा प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान

अर्थ संसार

मंगलबार, २४ भदौ २०८२, १२ : २२ मा प्रकाशित

जेनजी आन्दोलन चर्किँदै जाँदा प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आह्वान

देशभर जारी जेनजी आन्दोलन तीव्र बनेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजे सर्वदलीय बैठक आह्वान गरेका छन्।

प्रधानमन्त्रीले एक अपिल जारी गर्दै सोमबार राजधानीसहित विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछि घटेका घटनाप्रति आफू गहिरो दुःखी भएको जनाएका छन्। उनले हिंसाबाट कुनै पनि समस्या समाधान नहुने भन्दै शान्तिपूर्ण संवादमार्फत् मात्र मार्ग खोजिनुपर्ने आवश्यकता औंल्याए।

“कुनै पनि रुपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादको माध्यमबाट समाधान खोज्ने परिपाटी नै हामीले अपनाउने विधि हो,” प्रधानमन्त्री ओलीले भनेका छन्।

उत्पन्न परिस्थितिको मूल्याङ्कन र सार्थक निष्कर्षमा पुग्न सम्बन्धित दलहरूसँग निरन्तर संवादमा रहेको पनि उनले उल्लेख गरेका छन्। सोही सिलसिलामा आज साँझ सर्वदलीय बैठक बोलाइएको जनाइएको छ।

प्रधानमन्त्री ओलीले अपिलमार्फत नागरिकलाई संयमता अपनाउन अनुरोध गर्दै वर्तमान विषम परिस्थितिमा धैर्य राख्न आग्रह गरेका छन्।

68bfcb5598874.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको