Like us!
Follow us!
Connect us!
Watch us!

देउवा दम्पति खतरामुक्त

अर्थ संसार

बुधबार, २५ भदौ २०८२, १९ : ०० मा प्रकाशित

देउवा दम्पति खतरामुक्त

जेनजी आन्दोलनका क्रममा घाइते भएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी डा. आरजु राणा खतरामुक्त रहेका छन् । 

स्वकीय सचिव भानु देउवाका अनुसार देउवादम्पत्तिको काठमाडौँस्थित अस्पतालमा उपचार भइरहेको छ । 

देउवादम्पत्तिलाई बुढानिलकण्ठस्थित आफ्नै निवासमा आन्दोलनकारीले नियन्त्रणमा लिएर कुटपिट गरेका थिए ।

उपचारमा संलग्न चिकित्सकका अनुसार दुबैको टाउकोको पछाडिको भागमा धारिलो हतियार प्रहार भएको छ । दुवैको एमआरआईसहित सबै किसिमको स्वास्थ्य परीक्षण गरिएको र दुवै खतरामुक्य रहेको बताइएको छ । 

आन्दोलनकारीले देउवा दम्पतिलाई हेलिकोप्टरबाट अस्पताल लैजाने प्रयासमा अवरोध गरेपछि सेनाले मंगलबार साँझ मात्र काठमाडौंस्थित एक अस्पतालमा पुर्याएको थियो । सुरक्षाका कारण अस्पतालको  नखोलिएको बताएको छ ।

एभरेष्ट न्यूज एजेन्सी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको