Like us!
Follow us!
Connect us!
Watch us!

दुर्गा प्रसाईंले सिग्देलसँगको छलफलपछि राखे आफ्ना दृष्टिकोण

अर्थ संसार

बुधबार, २५ भदौ २०८२, १९ : ५८ मा प्रकाशित

दुर्गा प्रसाईंले सिग्देलसँगको छलफलपछि राखे आफ्ना दृष्टिकोण

राष्ट्र, राष्ट्रियता, धर्म बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले प्रधानसेनापति अशोकराज सिग्देलसँग देशको वर्तमान परिस्थितिबारे विस्तृत छलफल भएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत बुधबार साँझ जानकारी दिँदै दिनभरि सिग्देलसँग वार्ता चलेको र त्यसपछि आफू नेतृत्वप्रति आसक्त नभएको निष्कर्षमा पुगेको उल्लेख गरेका छन्।

‘देशलाई निकास दिन नेतृत्वको मोह छैन। परिस्थिति जस्तो आए पनि म तयार छु,’ प्रसाईंले लेखेका छन्। उनका अनुसार जेन–जी पुस्ताको आवाजलाई सम्मान गर्दै बालेन शाह वा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अघि बढे आफू सहयोग गर्न तयार छन्। तर, कोही अगाडि नबढ्दा पछि हट्ने मनसाय भने नभएको उनले स्पष्ट पारेका छन्।

प्रसाईंले अहिलेको संवेदनशील घडीमा सस्तो राजनीति र आरोप–प्रत्यारोप भन्दा बढी राष्ट्रिय एकता, गम्भीरता र रचनात्मक बाटोको खोज आवश्यक रहेको बताए। उनका शब्दमा, “अब समय आएको छ— व्यक्तिगत स्वार्थभन्दा माथि उठेर साझा जिम्मेवारी पूरा गर्ने।”

राष्ट्र, राष्ट्रियता, धर्म बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले प्रधानसेनापति अशोकराज सिग्देलसँग देशको वर्तमान परिस्थितिबारे विस्तृत छलफल भएको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत बुधबार साँझ जानकारी दिँदै दिनभरि सिग्देलसँग वार्ता चलेको र त्यसपछि आफू नेतृत्वप्रति आसक्त नभएको निष्कर्षमा पुगेको उल्लेख गरेका छन्। ‘देशलाई निकास दिन नेतृत्वको मोह छैन। परिस्थिति जस्तो आए पनि म तयार छु,’ प्रसाईंले लेखेका छन्। उनका अनुसार जेन–जी पुस्ताको आवाजलाई सम्मान गर्दै बालेन शाह वा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अघि बढे आफू सहयोग गर्न तयार छन्। तर, कोही अगाडि नबढ्दा पछि हट्ने मनसाय भने नभएको उनले स्पष्ट पारेका छन्। प्रसाईंले अहिलेको संवेदनशील घडीमा सस्तो राजनीति र आरोप–प्रत्यारोप भन्दा बढी राष्ट्रिय एकता, गम्भीरता र रचनात्मक बाटोको खोज आवश्यक रहेको बताए। उनका शब्दमा, “अब समय आएको छ— व्यक्तिगत स्वार्थभन्दा माथि उठेर साझा जिम्मेवारी पूरा गर्ने।”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको