पूर्वमन्त्री तथा सांसद महेश बस्नेतले पछिल्ला आन्दोलनका क्रममा देखिएका हिंसात्मक गतिविधि र त्यसपछि आफ्नै घरमा आगजनी भएको घटनाप्रति सामाजिक सञ्जालमार्फत गहिरो भाव व्यक्त गरेका छन्। उनले सैनिक मुख्यालयअगाडि भेला भएका GenZ युवाबीच भएको झडपलाई दुःखद मात्र नभई खतरनाक संकेतका रूपमा व्याख्या गरेका छन्।
बस्नेतले बालेन्द्र शाह, दुर्गा प्रसाईं, हर्क साम्पाङ वा कुलमान घिसिङलाई नेतृत्व स्वीकार नगर्ने मनोवृत्ति र ७३ वर्षीया सुशीला कार्कीलाई पनि अस्वीकार गर्ने प्रवृत्ति देखिँदा आन्दोलनलाई असफलतामै धकेल्ने षड्यन्त्र भइरहेको टिप्पणी गरेका छन्। उनका अनुसार, यसरी अस्थिरताले बढ्दै जाँदा अन्ततः “राजा फर्किआऊ” वा “विदेशी सेना आऊ” भन्ने माग उठ्ने जोखिम छ।
त्यसको विकल्पस्वरूप उनले आन्दोलनमा सहिद भएका परिवारका अनुभवी र सक्षम सदस्यलाई प्रधानमन्त्री बनाउनु नै न्यायसंगत हुने सुझाव दिएका छन्। उनले भनेका छन्– अन्यथा आन्दोलन खरायोको लागि थापिएको जालमा चितुवा अड्किएको जस्तै द्विविधामा फस्ने खतरा छ।
गौतम बुद्धको एक साथी बाल्यकालमै निधन भई अधुरो बनेको कथा सुनाउँदै बस्नेतले GenZ लाई आन्दोलनलाई पनि अधुरो कथा नबनाउन आग्रह गरेका छन्। उनले नेपाली जनताले लामो संघर्षबाट पाएको उपलब्धि प्रतिगमनतर्फ नफर्कोस् भन्ने हार्दिक शुभकामना व्यक्त गरेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस