Like us!
Follow us!
Connect us!
Watch us!

महेश बस्नेतको टिप्पणीपछि मन्त्री महावीर पुनको कडा जवाफ : “धेरै घमण्ड नगर, तथ्य बुझेर मात्र बोल”

अर्थ संसार

शुक्रबार, ३१ असोज २०८२, ०८ : ०७ मा प्रकाशित

महेश बस्नेतको टिप्पणीपछि मन्त्री महावीर पुनको कडा जवाफ : “धेरै घमण्ड नगर, तथ्य बुझेर मात्र बोल”

नेकपा (एमाले) नेता महेश बस्नेतले मन्त्रीहरूको सुविधा र व्यवहारप्रति टिप्पणी गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सामाजिक सञ्जालमार्फत तीव्र प्रतिक्रिया दिएका छन्।

मन्त्री पुनले आफ्नो फेसबुक स्टाटसमा लेख्दै भनेका छन् –
“महेश भाई, मलाई क्वाटर चाहिँदैन, मलाई गार्ड चाहिँदैन भन्ने मै हुँ। म केशर शम्सेरको दरबारमा बसेको छु जहाँ मन्त्रालय छ। धेरै चुरीफुरी र घमण्ड नगर। मेरो घर र मेरो गार्ड कहाँ छ देखाउ। तथ्य नबुझीकन धेरै हावा कुरा नगर। म कस्तो मान्छे हुँ भन्ने कुरा तिमीलाई थाहा नै नभए जस्तो नगर है त। तीन–चार पटक त भेटेर कुरा पनि भएको थियो त यार। तिम्रो फोन नम्बर मसँगै छ अहिले पनि। खाल्डोमा जाने काम पटक्कै नगर। तिमी अझै पनि धेरै वर्ष बाँच्ने उमेर छ।”

उक्त स्टाटसमार्फत मन्त्री पुनले बस्नेतले गरेको टिप्पणीको प्रतिवाद गर्दै आफूले सरकारी सुविधा प्रयोग नगर्ने स्पष्ट पारेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको