Like us!
Follow us!
Connect us!
Watch us!

साइबर आक्रमणमार्फत चरित्र हत्या भएको दाबी गर्दै एमाले नेता महेश बस्नेतको आक्रोश

अर्थ संसार

सोमबार, १३ असोज २०८२, २० : ५१ मा प्रकाशित

साइबर आक्रमणमार्फत चरित्र हत्या भएको दाबी गर्दै एमाले नेता महेश बस्नेतको आक्रोश

नेकपा (एमाले)का नेता महेश बस्नेतले आफूलाई नियोजित तरिकाले चरित्र हत्या गर्ने प्रयास भइरहेको भन्दै आक्रोश पोखेका छन्।

जिल्ला सरकारी वकिलको कार्यालयले साइबर ब्युरोलाई पठाएको पत्र सार्वजनिक गरेर आफ्नो चरित्र हत्या गर्ने प्रयत्न गरिएको दाबी गर्दै उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका हुन्। बस्नेतले विगतमा पनि पटक–पटक यस्तै गतिविधि गरिएको उल्लेख गरेका छन्।

उनका अनुसार, आफ्नाविरुद्ध उजुरी गर्ने व्यक्तिले सामाजिक सञ्जालमा गालीगलौज, चरित्र हत्या गर्ने खालका स्टाटस लेख्ने र लाइभ गर्ने काम गर्दै आएको छ। सो व्यक्तिविरुद्ध धेरै जाहेरी दर्ता भए पनि हालसम्म कारबाही नभएको उनले आरोप लगाए।

“यस्ता अमूर्त र लाक्षणिक विषयलाई आधार बनाएर अनुसन्धान गरिन्छ भने गृह मन्त्रीज्यू, म लगायत धेरै मान्छेहरु साइबर आक्रमणका सिकार भएका छन्। त्यसबारे पनि हजारौं जाहेरी प्रहरीसम्म पुग्नेछन्,” बस्नेतले भनेका छन्।

गृहमन्त्रीलाई प्रत्यक्ष चुनौती दिँदै उनले, “ती सबैलाई कारबाही गर्ने हिम्मत छ कि छैन गृहमन्त्रीज्यू? छैन भने औलो तान्दा डुडुलको निस्कन्छ भन्ने कुरा याद राख्नुपर्छ,” भन्दै आफू र आफ्ना समर्थकहरु पूर्वाग्रहका विरुद्ध जस्तोसुकै प्रतिरोध गर्न तयार रहेको चेतावनी दिएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको