नेपाल राष्ट्र बैंकले चाडपर्वलाई लक्षित गरी आजदेखि सुकिला नोट वितरण सुरु गरेको छ। यो वर्ष पनि नयाँ नोट नछाप्ने निर्णयअनुसार बैंकले सुकिला नोट बजारमा पठाएको हो।
गत वर्षदेखि राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट वितरण नगर्ने नीति लिएको छ। दसैंमा नयाँ नोटको अत्यधिक प्रयोगले चाँडै पुरानो र फोहोर हुने हुँदा राष्ट्र बैंकले दसैंको समयमा नोट निष्कासन नगर्ने नीति लिएको हो । जसकारण, आजदेखि सुकिला नोट साट्न सक्नेछन्। राष्ट्र बैंकका अनुसार, थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग, प्रदेशस्तरीय कार्यालयहरू—विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज, धनगढी—र विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको शाखाबाट सुकिला नोट प्राप्त गर्न सकिन्छ।
एक व्यक्तिले पाँच, दश, बीस, पचास र सय रुपैयाँ दरका नोटहरू साटेर अधिकतम १८ हजार पाँच सय रुपैयाँसम्म पाउन सक्ने व्यवस्था गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस