प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतसँग सरकारमा सहभागी हुन सम्बन्धमा छलफल गरेकी छन्। मंगलबार तिलगंगा आँखा प्रतिष्ठान पुगेर प्रधानमन्त्री कार्कीले विशेष परिस्थितिमा आफूले सरकारको नेतृत्व गरिरहेकाले डा.रुइतलाई साथ दिन आग्रह गरेकी थिइन्।
जवाफमा डा.रुइतले सरकारलाई आवश्यक सहयोग गर्न तयार रहेको बताए पनि सरकारमा प्रत्यक्ष सहभागी हुन नसक्ने स्पष्ट पारे। छलफलपछि उनले अस्पतालको जिम्मेवारी र बिरामीको उपचारलाई छाड्न नसकिने कारण देखाउँदै सरकारमा सहभागी नहुने निर्णय सुनाए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस