नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले व्यवसायिक वातावरण पुनरोत्थानका लागि शान्ति र सुरक्षा अपरिहार्य रहेको बताएका छन्। बुधबार विराटनगर भन्सार कार्यालयमा आयोजित भन्सार जाँचपासमा स्वचालित मूल्यांकन प्रणालीको उद्घाटन कार्यक्रममा बोल्दै उनले उक्त धारणा व्यक्त गरेका हुन्।
उनले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको घुसपैठबाट भएको व्यापक तोडफोड र आगजनीका घटनाहरूले सरकारी तथा निजी उद्योग प्रतिष्ठान र व्यक्तिगत सम्पत्तिमा ठूलो क्षति भएको उल्लेख गर्दै यसले सर्वसाधारण तथा उद्यमी व्यवसायीहरूको मनोबलमा गम्भीर असर पारेको बताए।
‘त्यो घटनापछि उद्योगी व्यवसायीको मनोबल कमजोर भएको छ । लगानीको लागि उच्च मनोवल चाहिन्छ । मनोबल उकास्न शान्ति सुरक्षा चाहिन्छ ।’ उनले भने, ‘भ्रष्टाचार नियन्त्रण, शुसासन, मुलुकमै रोजगारीको अवसरको सिर्जना, राजश्वको सदुपयोग जस्ता युवाहरुको चाहना निर्वाद पेशा व्यवसाय गर्ने अधिकारको सुनिश्चितता र लगानी एवं रोजगारी प्रवद्र्धनको कारणले मात्र संभव हुने भएकोले यसको लागि उपयुक्त वातावरण सिर्जना गर्न आवश्यक छ ।’
अध्यक्ष चन्द्र प्रसाद ढकालले जेनजी आन्दोलनपछिको क्षति पुनःनिर्माणका लागि सरकारले स्रोत संकलनको आह्वान गरेको अवस्थामा संस्थागत सामाजिक उत्तरदायित्वको रकम प्रयोग गर्न सकिने बताए। तर, त्यसका लागि सिएसआरको रकम खर्च लेख्न पाउने व्यवस्था आवश्यक रहेको धारणा राखे ।
यस्तै उनले भन्सार जाँच पासमा स्वचालित मुल्याङ्कन प्रणाली लागू हुनु सकारात्मक भएको र यसले मिय र कागजी प्रक्रियाको झन्झट समाप्त हुने बताए । ‘भन्सार मुल्यांकनको हकमा हेर्ने हो भने आज हामी नयाँ चरणमा प्रवेश गरेका छौ । अहिलेसम्म सन्दर्भ मुल्यका आधारमा भन्सार मुल्यांकन हुने गरिएको थियो । यो वैज्ञानिक नभएको गुनासो उद्यमी व्यवसायीको थियो’ उनले भने ‘हामीले भने ग्याट भ्यालुएसन अनुसार अनलाइन मुल्यांकन गर्न सकिने सम्भावना केही बर्षदेखि सरकारलाई देखाउँदै आएका थियौ ।’
उनले पछिल्ला केही बर्षको बजेटहरुमा महासंघले भन्सार कार्यालयमा भन्सार मूल्य निर्धारण डब्लयूटिओरग्याट भ्यालुएशन आर्टिकल सेभन मा उल्लेखित विधिहरुको पूर्ण पालना गरी सो अनुरुप कारोवार मूल्य निर्धारण गरिनु पर्दछ, भन्दै आएको बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस