Like us!
Follow us!
Connect us!
Watch us!

'२४ भदौको आगजनीमा संलग्नलाई कारबाही नहुँदा निजी क्षेत्र चिन्तित'

अर्थ संसार

बुधबार, १६ पुस २०८२, १५ : ५६ मा प्रकाशित

'२४ भदौको आगजनीमा संलग्नलाई कारबाही नहुँदा निजी क्षेत्र चिन्तित'

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले गलत काम गर्नेमाथि कारबाही नहुँदा दण्डहीनता बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरेका छन्। महासंघले प्रधानमन्त्री सुशीला कार्कीसहित प्रमुख राजनीतिक दलका नेतृत्वसँग गरेको सर्वपक्षीय संवाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले २४ भदौको लुटपाट घटनामा संलग्नमाथि तत्काल कारबाही गर्न पनि माग गरे।

अध्यक्ष ढकालले निर्वाचन लोकतन्त्रलाई संस्थागत गर्ने महत्वपूर्ण विधि भएको उल्लेख गर्दै निर्वाचनका लागि नेपाल सरकारको अग्रसरता र मेहनत प्रशंसनीय रहेको बताए। देश निर्वाचनतर्फ अगाडि बढिरहेको भए पनि समृद्धिका लागि आवश्यक निजी क्षेत्रको संलग्नता अझै ओझेलमा परेको उनको भनाइ थियो। उनले भने, ‘निर्वाध रूपमा काम गर्ने वातावरण बनेको छैन, गलत काम गर्नेमाथि कारबाही नहुँदा दण्डहीनता बढ्ने चिन्ता बढेको छ ।’ निजी क्षेत्रको सम्मान नभएसम्म मुलुकमा लगानी नआउने उल्लेख गर्दै उनले भने, ‘लगानीबिना रोजगारी हुँदैन । रोजगारी नभए आय बढ्दैन, शिक्षा र स्वास्थ्य शिक्ष सर्वसुलभ बनाउन राजस्व बढ्नु पर्छ । राजस्व बढ्न सरकार निजी क्षेत्रमैत्री हुनुपर्छ ।’

अध्यक्ष ढकालले पछिल्लो डेढ वर्षयता सरकार डेढ खर्ब रुपैयाँ घाटामा रहेको स्मरण गराउँदै बैंकहरूमा करिब ११ खर्ब रुपैयाँ लगानीयोग्य तरलता थन्किएको बताए। राजस्वले चालु खर्चसमेत धान्न नसक्ने अवस्था आएको र त्यसकै कारण पूर्वाधारमा पर्याप्त लगानी हुन नसकेको उनले बताए। निजी क्षेत्रका पूर्वाधारमा विभिन्न अवरोध सिर्जना भइरहेको भन्दै उनले प्रश्न गरे, ‘उद्योग कलकारखाना नभए रोजगगारी कसरी सम्भव होला ?’ सरकारबाट वर्षको ३ सयदेखि ३५ सय रोजगारी मात्रै सिर्जना हुने र बाँकी सबै रोजगारी निजी क्षेत्रबाटै आउने अध्यक्ष ढकालको भनाइ छ। युवा वर्ग विदेशिन बाध्य भइरहेको उल्लेख गर्दै उनले यिनै विषयमा सरकार र राजनीतिक दललाई झक्झक्याउन कार्यक्रम आयोजना गरिएको बताए। महासंघले शान्ति, स्थायित्व र विकासका लागि सामूहिक पहल आवश्यक रहेकोमा जोड दिएको छ। ‘हामीले सबै पक्षबाट सामूहिक प्रतिबद्धता चाहेका छौं,’ उनले भने।

अध्यक्ष ढकालले युवा उद्यमशीलता विकास योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न माग गर्दै तीन दशकदेखि शासन सत्ता सम्हालेका राजनीतिक दललाई युवाका माग र अपेक्षाको गम्भीर समीक्षा गर्न आग्रह गरे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको