जेनजी आन्दोलनका क्रममा पार्टी कार्यालयमा तोडफोड र आगजनी जस्ता घटना भइसकेपछि नेकपा एमालेले आन्तरिक रणनीति तय गर्न सचिवालय बैठक बोलाएको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा आइतबार दिउँसो १ बजे भक्तपुरको गुण्डुस्थित निवासमा बैठक बस्ने तयारी छ।
अध्यक्ष ओली हाल बालकोटको निवासमा भएको आगजनीपछि गुण्डुमा बस्दै आएका छन्। यस्तै संवेदनशील अवस्थाबीच बोलाइएको बैठकमा हालको राजनीतिक परिस्थितिबारे मूल्याङ्कन, पार्टी संरचना सुदृढीकरण र आगामी कदमबारे गहन छलफल हुने अनुमान छ। बैठकका औपचारिक एजेन्डा भने सार्वजनिक गरिएको छैन, तर जेनजी आन्दोलनको प्रभावलाई ध्यानमा राख्दै एमालेले महत्त्वपूर्ण निर्णय निकाल्ने अपेक्षा गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस