Like us!
Follow us!
Connect us!
Watch us!

सिद्धार्थ बैंकले घोषणा गर्यो लाभांश,बोनस र नगद कति ?

अर्थ संसार

बुधबार, २२ असोज २०८२, १० : २३ मा प्रकाशित

सिद्धार्थ बैंकले घोषणा गर्यो लाभांश,बोनस र नगद कति ?

सिद्धार्थ बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ।

बैंकको सञ्चालक समितिको असोज २१ गते बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर तथा अन्य प्रयोजनका लागि ५.५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।

बैंकको हालको चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार रुपैयाँ रहेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाको अनुमोदनपछि सेयरधनीहरूलाई वितरण गरिनेछ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको