Like us!
Follow us!
Connect us!
Watch us!

दुई महिनामा बीमा प्राधिकरणमा ३२ उजुरी

अर्थ संसार

विहीबार, ३० असोज २०८२, १३ : ४५ मा प्रकाशित

दुई महिनामा बीमा प्राधिकरणमा ३२ उजुरी

चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा नेपाल बीमा प्राधिकरणमा ३२ वटा उजुरी दर्ता भएका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिबिम्बअनुसार चालु आवको साउन र भदौ महिनामा उक्त संख्यामा उजुरी परेका हुन् । 

प्राधिकरणका अनुसार दुई महिनामा केन्द्रीय कार्यालयमा २३, प्रदेश कार्यालयमा ९ गरी ३२ वटा उजुरी दर्ता भएका छन् । प्राधिकरणका अनुसार गत आवको ३९४ गरी कुल ४२६ वटा उजुरी दर्ता भएका हुन् । हालसम्म प्राधिकरणले २३ वटा उजुरीको फैसला र ४ वटाको सहमति गरी २७ वटा उजुरी फछ्र्यौट गरेको छ । 

हाल फछ्र्यौट हुन बाँकी उजुरीको संख्या ३९९ वटा रहेको छ । गत आवको यही अवधिमा प्राधिकरणमा ५२५ वटा उजुरी परेका थिए । जसमध्ये ८५ वटा उजुरीको फैसला र ४६ वटा उजुरीको सहमति गरी १३१ वटा उजुरी प्राधिकरणले फछ्र्यौट गरेको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको