नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) का दुई जना सञ्चालकको राजीनामा स्वीकृत भएको छ । कम्पनीले सञ्चालकहरु बालकृष्ण दाहाल र एमिल प्रधानको राजीनामा स्वीकृत गरेको हो ।
कम्पनीको नियमावलीको नियम २७(ख) को व्यवस्था बमोजिम समूह ‘ख’ नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट प्रतिनिधित्व गरिरहेका दाहाल र प्रधानले असोज २ गते राजीनामा बुझाएका थिए । सञ्चालकद्वयले पेश गरेको राजीनामा कम्पनीको असोज ३१ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको कम्पनी सचिव शेखर पौडेलले जानकारी दिएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस