एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै सातै प्रदेशमा ट्रेनी एसिस्टेन्ट पदमा केही कर्मचारी माग गरेको हो ।
कम्पनीका अनुसार कम्प्युटर राम्ररी प्रयोग गर्न जानेको, माइक्रोसफ्ट अफिस प्याकेज प्रयोग गर्न जानेको, सवारी चालक इजाजत पत्र भएको, नेपाली अँग्रेजी टाइपिङ जानेको र २५ वर्ष उमेर ननाघेको उम्मेदवारले आवेदन दिनसक्नेछन् ।
इच्छुक उम्मेद्वारले निवेदनको साथमा सिभी, शैक्षिक योग्यताको प्रमाण पत्र, पासपोर्ट साइज फोटो र हस्तलिखित निवेदन सहित ४ नोभेम्बर अर्थात् कात्तिक १८ गतेसम्ममा आवेदन इमेलमार्फत पेश गर्न सकिने कम्पनीले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस