Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य २७ प्रतिशतले बढ्यो

अर्थ संसार

शुक्रबार, १४ कार्तिक २०८२, १३ : ०२ मा प्रकाशित

नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य २७ प्रतिशतले बढ्यो

नेपाल माइक्रो इन्स्योरेन्सको सेयर मूल्य पछिल्लो एक महिनाको अवधिमा २७.३३ प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य असोज १२ गतेको तुलनामा कात्तिक १३ गते ३१३ रुपैयाँले बढेको हो । 

असोज १२ गते १ हजार १४५ रुपैयाँमा कारोबार बन्द भएको यो कम्पनीको सेयर मूल्य बिहीबार (कात्तिक १३ गते) १ हजार ४५८ रुपैयाँ पुगेको छ । बिहीबार मात्रै यो कम्पनीको सेयर मूल्य ११० रुपैयाँले बढेको थियो । 

यो कम्पनीको सेयर मूल्य पछिल्लो ५२ हप्तामा सबै भन्दा उच्च मूल्य २ हजार ७०३ रुपैयाँ ३० पैसा पुगेको थियो । यो कम्पनीको २२ लाख ५० हजार कित्ता सेयर पब्लिकको रहेको छ । ५२ लाख ५० हजार कित्ता सेयर भने संस्थापक सेयर रहेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको