Like us!
Follow us!
Connect us!
Watch us!

बिक्री आम्दानी बढेसँगै सर्वोत्तम सिमेन्ट नाफा ३२ करोडले धनात्मक

अर्थ संसार

आइतबार, ३० कार्तिक २०८२, ०९ : ५८ मा प्रकाशित

बिक्री आम्दानी बढेसँगै सर्वोत्तम सिमेन्ट नाफा ३२ करोडले धनात्मक

सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार गत आर्थिक वर्षको पहिलो त्रैमाससम्मको नोक्सानीमा रहेको यस कम्पनी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा नाफामा पुगेको छ । 

गत आर्थिक वर्षको असोज मसान्तसम्ममा २ करोड २५ लाख रुपैयाँ नोक्सानीमा रहेको यस कम्पनी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३२ करोड ४२ लाख रुपैयाँ नाफामा पुगेको छ। बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ३५.७७ प्रतिशत र कुल नाफा ४०८.८१ प्रतिशत बढेको छ। त्यस्तै, समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च १५.९१ प्रतिशत घटेको छ भने कुल खर्च ८१.८९ प्रतिशत बढेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि धनात्मक भएको छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ७ पैसा कायम भएको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ ११ पैसा रहेको छ भने मूल्य आम्दानी अुनपात ३१.९१ गुणा रहेको छ ।

४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५ अर्ब ३७ करोड रुपैयाँ सञ्चित छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको