नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा आज चितवन राइनोज र लुम्बिनी लायन्स भिड्दैछन् । आज हुने यो एकमात्र खेल अपरान्ह ४ बजेदेखि शुरू हुनेछ।
गत वर्षको एनपीएलमा खासै उत्कृष्ट प्रदर्शन गर्न नसकेको लुम्बिनी लायन्सको कप्तानी रोहित पौडेलले गरिरहेका छन् । गत वर्ष ७ खेलमध्ये १ खेलमात्रै जितेर तालिकाको सबैभन्दा पुछारमा रहेर लायन्स यो पटक उत्कृष्ट प्रदर्शन गर्ने योजनामा रहेको छ ।
चितवन राइनोजले भने दोस्रो संस्करणको पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएर विजयी शुरुवात गरिसकेको छ । दोस्रो संस्करणमा चितवनको यो दोस्रो खेल हो भने लुम्बिनी पहिलो पटक मैदानमा उत्रिंदैछ । गत वर्ष लुम्बिनीले जितेको एकमात्र खेल चितवन विरुद्ध नै हो । लुम्बिनी यसपटक पनि चितवनलाई हराउने दाउमा छ भने चितवन पहिलेको बद्ला लिदै दोस्रो जीत निकाल्ने योजनामा रहने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस