देशमा मिति २०८२ साल असोज १८ गतेयताको अविरल बर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा परेका ७४४ वटा प्रारम्भिक बीमा दाबीको कूल करिव रू. ३ अर्ब ७७ करोड ४२ लाख दाबी रकममध्धे हालसम्ममा करिव रू. १ करोड १४ लाख बीमितहरुलाई भुक्तानी भएको छ ।
विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीबाट प्राप्त अद्यावधिक जानकारी अनुसार, निर्जीवन बीमा कम्पनीहरुबाट सम्पत्ति बीमा तर्फ ४०५ वटा दाबीको दाबी रकम करिव रु. ३ अर्ब २१ करोड ५० लाखम्रध्ये करिव रु. ६४ लाख, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०४ वटा दाबीको करिव रु. ४७ करोड ६६ लाखमध्ये करिव रु. १ लाख ५४ हजार, कृषि तथा बाली बीमातर्फ २१० वटा दाबीको करिव रु. ४ करोड १४ लाखमध्ये करिव रु. १ लाख र मोटर बीमा (निजी) तर्फ ४० वटा दाबीको करिव रु. २ करोड ८२ लाखमध्ये करिव रु. ४८ लाख बीमितलाई भुक्तानी भएको छ ।
मोटर बीमा (सार्वजनिक) तर्फ १० वटा दाबीको करिव रु. १ करोड ८ लाख, अन्य बीमातर्फको २ वटा दाबीको करिव रु. १२ र सामुद्रिक बीमातर्फ ३ वटा दाबीको करिव रु. १० को बीमा दाबी भुक्तानी शुरु भएको बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस