Like us!
Follow us!
Connect us!
Watch us!

बीमा प्राधिकरणका पूर्व अध्यक्ष ओझाको मुद्दामाथि आज सर्वोच्च सुनुवाइ हुँदै

अर्थ संसार

मंगलबार, १६ मंसिर २०८२, १२ : ४२ मा प्रकाशित

बीमा प्राधिकरणका पूर्व अध्यक्ष ओझाको मुद्दामाथि आज सर्वोच्च सुनुवाइ हुँदै

नेपाल बीमा प्राधिकरणको अध्यक्षबाट बर्खास्त गर्ने तत्कालिन सरकारका विरुद्धमा शरद ओझाले दायर गरेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीश मोहम्मद अजिज मुसलमान र श्रीकान्त पौडेलको संयु्क्त इजलासमा आजको लागि सुनुवाई हुने गरी इजलास तोकिएको हो । 

फर्जी कागजात पेश गरी नेपालको मन्त्रिपरिषदलाई नै झुक्याएर नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त भएका ओझाको सो फर्जी सम्बन्धी मुद्दामा तिनै न्यायाधीश अब्दुल अजिज मुसलमानले यसअघि अन्तरिम आदेश दिन नमानेका कारण आजको मुद्दा हेर्न नमिल्नेमा पर्ने सम्भावना पनि छ । तर, न्यायाधीशले नै नैतिकता बिर्सेर नयाँ आदेश दिने सम्भावना पनि उत्तिकै छ । 

ओझाले सर्वोच्च अदालतमा दायर गरेको ०८२ डब्लुओ ०२५७ को मुद्दाको सुनुवाई हुन लागेको हो । उनको फर्जी कागजात तथा योग्यता सम्बन्धी मुद्दा पेशीमा चढ्न बाँकी नै छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको